ट्रायलमा सहभागी बिरामी परेपछि अक्सफोर्डको खोप परीक्षण रोकियो

बीबीसी । कोरोनाविरुद्धको खोपका लागि अन्तिम चरणको ट्रायलमा रहेको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका कम्पनीको खोप परीक्षणमा सहभागी एकजनाले नकारात्मक प्रतिक्रिया देखाइ बिरामी परेपछि परीक्षण रोकिएको छ । 

अज्ञात कारणले बिरामी परेका एक बेलायती सहभागीका कारण परीक्षण केही समयका लागि रोकिएको कम्पनीले जनाएको छ । एस्ट्राजेनेका(अक्सफोर्ड युनिभर्सिटी खोपलाई विश्वव्यापी विकसित भइरहेका खोपमध्ये सबैभन्दा बलियो मानिँदै आएको थियो । त्यसैले पहिलो र दोस्रो चरणको सफल परीक्षणपछि यो खोप छिटै बजारमा ल्याउन सकिने सबैको अपेक्षा थियो ।

अहिले भइरहेको अन्तिम चरणको ट्रायलमा अमेरिका, ब्राजिल, बेलायत र दक्षिण अफ्रिकाका ३० हजार मानिस सहभागी छन् । तर अचानक देखिएको समस्याका कारण अहिले सबै अन्तर्राष्ट्रिय ट्रायलहरू नजिकबाट निगरानी भइरहेको छ । यसको सुरक्षासम्बन्धी तथ्‍यांकबारे स्वतन्त्र अनुसन्धान गर्नुका साथै अब ट्रायल कहिले सुरु गर्ने भन्‍नेबारे पनि अध्ययनकर्ताहरूले छलफल गरिरहेको बीबीसीको मेडिकल फर्गन वाल्स रिपोर्टमा जनाइएको छ ।

घटनासम्बन्धी अक्सफोर्ड युनिभर्सिटीका प्रवक्ताले भनेका छन्, “यस किसिमको ठूलो ट्रायलमा केही सहभागी बिरामी पर्नेजस्ता घटना हुने गर्छन् । तर यसको स्वतन्त्र रुपमा र सावधानीपूर्वक अध्ययन अनि जाँच गर्नुपर्ने हुन्छ ।”

अक्सफोर्डको खोप यसरी बीचमा रोकिएको यो दोस्रोपटक हो । मुख्य ट्रायलहरूमा कतिपय सहभागी अस्पताल भर्ना हुनुपर्ने अवस्था आउन सक्छ तर बिरामी हुनुको कारण तत्काल पत्ता नलाग्दा पूरै ट्रायल केही समयका लागि रोक्नुपर्ने हुन्छ ।

यससम्बन्धी खुलासा गर्ने पहिलो हेल्थ वेबसाइट, स्ट्याट न्युजले बिरामी भएका सहभागीले कस्तो प्रतिक्रिया देखाएको वा कुन अवस्थामा छन् भन्‍नेचाहिँ तत्काल स्पष्ट नभएको जनाएको छ तर स्रोतबाट पत्ता लागेअनुसार उनी छिटै ठीक हुने अपेक्षा गरिएको छ । त्यसैले ट्रायल केही दिनमै पुनः जारी हुन सक्ने बताइएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: