खुल्यो जग्गाको कित्ताकाट

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट सम्बन्धी व्यवस्था खुला गरेको छ । करिब तीनवर्षदेखि रोकिएको कित्ताकाट भदौ १८ गते बसेको मन्त्रीस्तरीय निर्णयले खुला गरेको हो । 

यसअघिका निर्णयहरु बदर गर्दै भू उपयोग ऐन, २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाट गर्न नापी विभागले मातहतका कार्यालयहरुमा निर्देशन दिएको छ ।

भूउपयोग सम्बन्धी नयाँ कानुन आएकाले पुरानो व्यवस्था खारेज गरिएको भूमिसुधार मन्त्री पद्मा अर्यालले जानकारी दिइन् । बाह्रखरीसँग कुरा गर्दै उनले नयाँ कानुनले पुरानो व्यवस्थालाई खारेज गरेको बताइन् ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: