मुम्बईसँग कोलकाता हार्नुको कारण

एजेन्सी । १३औं संस्करणको आईपीएलअन्तर्गत आफ्नो पहिलो खेलमा कोलकाता मुम्बईसँग पराजित भयो । यता आफ्नो पहिलो खेल गुमाएको मुम्बईले पनि दोस्रो खेलमा जित निकालेको हो । मुम्बई आफ्नो पहिलो खेलमा चेन्‍नईसँग पराजित भएको थियो ।

मुम्बईले पहिले ब्याटिङ गर्दै कोलकातालाई १९६ रनको लक्ष्य सुम्पेको थियो । जहाँ मुम्बई ४९ रनले विजयी भयो । प्रतियोगितामा बलियो मानिएको मुम्बईले केही मौकाको फाइदा उठाउँदै कोलकाताका लागि घातक साबित बन्यो । यस खेलमा कोलकाता पराजित हुनुका तीन कारण यस्ता छन् ।

टस जितेर फिल्डिङ

कोलकाताका कप्तान दिनेश कार्तिकले टस जितेर मुम्बई इन्डियन्सलाई ब्याटिङको निम्तो दिए । जुन निर्णय उनीविरुद्ध देखियो । पछिल्लो दुई खेलमा लक्ष्य पछ्याउने टोलीका हार व्यहोरेका थिए ।

जवाफी ब्याटिङ गर्दा विशाल लक्ष्य पछ्याउने क्रममा टोलीलाई निकै नै दबाब सिर्जना हुने गर्छ । ठूलो मैदानमा लक्ष्य प्राप्त गर्न निकै गाह्रो हुने गर्छ । कप्तान कार्तिकले सायद यस विषयमा हेक्का नराख्दै टस जितेर फिल्डिङ रोज्‍नुमा गल्ती गरे । 

रोहित शर्माको उत्कृष्ट पारी

रोहित शर्माले पहिले खेलमा खासै रन बटुल्न नसके पनि दोस्रो खेलमा अर्धशतकीय पारी खेले । उनले कोलकाताविरुद्ध ८० रनको उत्कृष्ट अर्धशतकीय पारी खेलेका थिए । 

उनले ६ छक्का प्रहार गरेको यस पारीको मद्दतले नै मुम्बईले कोलकातासामु १९५ रन जोडेको थियो । यस लक्ष्यपछि कोलकाताका ब्याट्सम्यानलाई निकैनै दबाब सिर्जना भएको थियो । 

खराब ब्याटिङ

कोलकातामा सुरुदेखि मध्ये क्रमसम्म निकै नै उत्कृष्ट ब्याट्सम्यान छन् । तर, ती सबै खेलाडीले टोलीका लागि ठूलो योगदान दिन सकेनन् ।

दिनेश कार्तिक र आन्द्रे रसेलजस्ता दिग्गज ब्याट्सम्यान पनि सस्तैमा समेटिँदै पेभिलियन फर्किन बाध्य भए । कोलकाताले सम्हालेको पारी नखेल्दा पहिलो जितबाट बाहिर गए । कमिन्सले अन्त्यमा केही उत्कृष्ट सर्ट खेल्दै रन जोडे पनि टोलीको जितका लागि पर्याप्त हुन सकेन । त्यसैले खराब ब्याटिङ पनि कोलकाताको हारको प्रमुख कारणमध्ये एक हो ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: