नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

कास्की । कास्कीमा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । 

पोखरा महानगरपालिका ३० सहिदचोकस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब २२ वर्षीय पुरुषको नम्बर नखुलेकै सवारीसाधनको ठक्करबाट मृत्यु भएको हो ।

ठक्करबाट सख्त घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले फरार रहेका चालकको खोजी गर्नुका साथै घटनाको अनुसन्धानका क्रममा एक ट्रयाक्टरलाई नियन्त्रणमा लिइएको जनाएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: