सभापति देउवाविरुद्ध पौडेल समूहद्वारा विरोधपत्र दर्ता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले सभापति शेरबहादुर देउवाविरुद्ध विरोधपत्र दर्ता गराएको छ । 

पार्टी केन्द्रीय कार्यालयमा आज विरोधपत्र दर्ता गराइएको हो । केन्द्रीय सदस्यद्वय नवीन्द्रराज जोशी र दीपक गिरीले सभापति देउवाले पछिल्लो समय गरेका निर्णय सच्याउन माग गर्दै विरोधपत्र दर्ता गराएका हुन् । यसअघि हिजै विरोधपत्र दर्ता गराउने भनिए पनि स्थगित गरिएको थियो । 

पौडेल समूहका केन्द्रीय सदस्य जोशीले आइतबारका लागि तय भएको विरोधपत्र दर्ता कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएपछि आज (सोमबार) दर्ता गरिएको  जानकारी दिए ।

सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तार गरेको आरोप लगाउँदै पछिल्लो समयमा गरिएको निर्णय सच्याउनुपर्ने माग राखेर पौडेल समूहले विरोधपत्र दर्ता गराएको हो ।


पौडेल समूहको शनिबार (अस्ति) बसुन्धरामा सम्पन्‍न गुटको भेलाले सभापति देउवलाई पछिल्ला निर्णयहरु सच्याउनका लागि दबाब दिन हस्ताक्षरसहितको विरोधपत्र बुझाउने निष्कर्ष निकालेको थियो ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: