पहिरो पिडीतलाई एन्फाको सहयोग

स्याङ्जा, २४ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) स्याङ्जाले पहिरो पिडीतलाई आर्थिक सहयोग गरेको छ । 

गत असार २९ गते घरभन्दा माथिबाट आएको पहिरोले पुतलीबजार नगरपालिका वडा नं. १ का रिमल नेपालीको घरमा क्षति पु¥याएको थियो । पहिरो पिडीत नेपालीलाई एन्फाले १५ हजारको सहयोग स्वरुप चेक हस्तान्तरण गरेको छ ।

चेक हस्तान्तरण गर्दै एन्फा स्याङ्जाका उपाध्यक्ष सरद गुरुङ्, एन्फा गण्डकी प्रदेश सदस्य प्रकाश रेग्मी र जिल्ला सदस्य महादेब श्रेष्ठले एन्फाले थोरै रकम भएपनि पिडीतलाई दिएर मलम लगाउने काम गरेको बताए ।

पहिरो पिडीत नेपाल एन्फा स्याङ्जाका पूर्व खेलाडी र रेफ्री समेत हुन् । पहिरोले नेपालीको घरमा झण्डै ८ लाखको क्षति पु¥याएको छ । सक्दो सहयोग गरेकोमा नेपालीले एन्फालाई धन्यवाद दिएका छन् ।

त्यसैबीच अखिल नेपाल फुटबल संघ स्याङ्जाले कोरोनाबाट प्रभावित आफ्ना सदस्य, रेफ्री र खेलाडीलाई आर्थिक सहयोग समेत गरेको छ । कोरोनाबाट बढि प्रभावित परिवारका सदस्यलाई सहयोग गरेको संघले जनाएको छ ।




SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: