एक हजार ८१ कोरोना संक्रमित थपिए, ९१८ जना डिस्चार्ज

काठमाडौं । नोभेल कोरोना भाइरसका एक हजार ८१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ८१  संक्रमित थपिएको जानकारी दिए । 

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ । 

पछिल्लो २४ घण्टामा ९१८  जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३३ हजार ८८२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ८ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ७ लाख ९९ हजार ३४१ जनाको पीसीआर परीक्षण गरिएको छ ।  

देशभरका संस्थागत आइसोलेसन ७ हजार ९८८ जना र होम आइसोलेसनमा ७ हजार ३७ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ४८० जना क्‍वारेन्टिनमा रहेका छन् । 

देशभर २२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १६२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । 

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, मोरङ, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं रहेका छन् । ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ । 

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।

आइतबार देशभर ९८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो भने सोही अवधिमा ८१४ जना डिस्चार्ज भएका थिए । कोरोना भाइरसको संक्रमणबाट आइतबार ९ जनाको मृत्यु भएको थियो । 

सोमबार देशभर ९७० कोरोना संक्रमित थपिएका छन् भने यही अवधिमा एक हजार ७३६ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

मंगलबार ९०२ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने दुई हजार २८७ जना डिस्चार्ज भएका थिए । यही अवधिमा ६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: