विराटनगरका १२१ चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरका १२१ चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

कोभिड नियन्त्रण तथा रोकथाममा सक्रिय चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित हुने दरसमेत बढ्न थालेको छ । 

महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार अग्रभागमा रहेर उपचारमा सक्रिय चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा संक्रमण देखिन गएको हो । महाशाखाका महानगरपालिका सम्बद्ध आठ स्वास्थ्यकर्मीसहित कोसी अस्पतालका ३१ जना, न्युरो अस्पतालका २० जना, विराटनगर अस्पतालका ९, नोबेल मेडिकल कलेजका ३६ र मोरङ सहकारी अस्पतालका ७ चिकित्सक तथा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो ।

गोल्डेन अस्पताल विराटनगरका तीन र बूढीगंगा गाउँपालिकाको विराट मेडिकल कलेजमा १६ चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको थियो । तीमध्ये धेरैले कारोना संक्रमणबाट ठीक भई आफ्नो नियमित काममा समेत फर्किसकेका छन् । विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले अग्रभागमा रहेर स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकहरुमा संक्रमण हुने क्रम रहेको बताए । उनले भने, “स्वास्थ्यकर्ममा खटिएका तर कोरोना लागेका धेरै ठीक भएर काममा पनि फर्किसक्नुभएको छ ।”

हालसम्म विराटनगरमा २ हजार ५६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ५८४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बाँकी ९०३ जना होम आइसोलेसनमा छन् । महानगर आफैंले विराटनगरमा कोरोना संक्रमितको उपचार राख्‍नका लागि आइसोलेसन सञ्‍चालन गरिरहेको छ । कोरोनाबाट हालसम्म २० जनाको मात्र मृत्यु भएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: