नेकपा कार्यदलको बैठक ७ घण्टादेखि जारी



काठमाडौं, भदौ ६ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सात घण्टादेखि बालुवाटारमा जारी छ ।

आजको बैठकमा विषयवस्तु टुङ्ग्याउने गरी छलफल भइरहेको स्रोतले जानकारी दियो । कार्यदलको बैठक बिहीबारयता बस्न सकेको थिएन ।

शुक्रबार नै टुङ्गिन बाँकी विषयमा सहमति जुटाएर प्रतिवेदनको रूप दिने तयारी गरिएको भए पनि कार्यदलका सदस्य भीम रावल बाढीग्रस्त क्षेत्र अवलोकन गर्न गृहजिल्ला जानुपरेकाले बैठक बस्न सकेका थिएन । 

“झण्डै सात घण्टादेखि बैठक जारी छ । धेरै कुरा मिल्न बाँकी पनि नरहेकाले आजै प्रतिवेदन तयार पार्ने सम्भावना रहेको छ,” बालुवाटार स्रोतले जानकारी दियो ।

कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा नगराउनेगरी सहमतिको प्रस्ताव तयार पारिरहेको स्रोतको दाबी छ । दुईजना अध्यक्षको कार्यविभाजन, मन्त्रिपरिषद्, प्रदेश सरकार पुनर्गठन, नियुक्ति, सिफारिस लगायत महत्त्वपूर्ण विषयमा पार्टीमा छलफल भएपछि मात्रै सरकारले निर्णय लिने, एकता महाधिवेशनललगायतका विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ ।

यता माधव नेपाल समूहले महाधिवेशनका बारेमा पनि कार्यदलमा सहमति गर्न खोजिए समस्या सिर्जना हुने बताइसकेको छ । महाधिवेशनमा कुन विचार राख्ने, कसले नेतृत्व गर्ने प्रतिनिधिहरूको सार्वभौम अधिकार भएकाले अहिलेको कार्यदलले त्यसमा हस्तक्षेप गर्न नसक्ने उनीहरूको निष्कर्ष छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: