पोखरामा थप १६ जनामा कोरोना, ‘होम आइसोलेसन’का आठजनाले कोरोनालाई जिते

पोखरा, भदौ ६ । पोखरामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार छ महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरास्थित प्रदेश क्षयरोग केन्द्रमा गरिएको ‘पीसीआर’ परीक्षणमा पोखरा महानगरपालिका वडा नम्बर–९ की ६ वर्षीया बालिका, ६१ वर्षीया महिला, पोखरा(४ का ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पोखरा–९ का ३५ वर्षीय पुरुष, पोखरा–१६ का ३० वर्षीय पुरुष, पोखरा(२७ का ३० वर्षीय पुरुष, पोखरा–३० की २७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

उता, पोखरा–४ का २२ र २३ वर्षीय पुरुष, पोखरा–५ का ३४ वर्षीय पुरुष, पोखरा–६ का ३५ र ६१ वर्षीय पुरुष, पोखरा–८ का १६ वर्षीय पुरुष र १९, २४ र ४४ वर्षीया महिलामा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा। विनोदबिन्दु शर्माले जानकारी दिए ।

‘होम आइसोलेसन’का आठजनाले कोरोनालाई जिते

पोखरामा होम आइसोलेसनमा बसेका आठजना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पछिल्लो समय पोखरामा संक्रमण बढदै जाँदा संक्रमण पुष्टि भएकाहरु अस्पतालमा पर्याप्त कक्ष नभएपछि होम आइसोलेसनमा रहेका थिए ।

म आइसोलेसनमा रहेर कोरोना निको भएकाहरुमा पोखरा–१४ का तीन, पोखरा–९ का दुई तथा पोखरा–५, पोखरा–१७ र पोखरा–१९ का एकरएकजना रहेको महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।

कास्कीमा हालसम्म २६९ जना कोरोना संक्रमित भएकामा १६० जना निको भएका छन् । उपचार गराइरहेका बिरामी ९सक्रिय केस०को संख्या १०७ रहेको छ । दुईजनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्र र प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवारोग उपचार अस्पतालमा संक्रमितको उपचार हुँदै आएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: