सेयर बजारमा उछाल स् १ घण्टाको कारोबार अर्ब नाघ्यो, नेप्से २० अंकले बढ्यो

काठमाडौं । साताको चौथौ दिन सेयर बजारमा उछाल देखिएको छ । बुधबार प्रि–ओपनिङ सेसनमै ५ अंकले बढेर खुलेको सेयर बजारमा बजार परिसूचक नेप्सेसँगै कारोबारमा पनि उछाल देखिएको छ ।

कारोबार खुलेको १ घण्टामै बजारमा एक अर्बभन्दा माथिको कारोबार भएको छ । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाबाहेक अन्य कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

बिमा र हाइड्रोपावर तथा अन्य समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । कारोबार सुरु भएको पहिलो एक घण्टामै ६ वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । पोजेटिभ सर्किट लाग्ने कम्पनीहरुमा राधी विद्युत् कम्पनी, अरुण भ्याली हाइड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर, नेपाल पुनर्बिमा कम्पनी, अरुण काबेली हाइड्रोपावर र वरुण हाइड्रोपावर छन् ।

११ बजेर ५९ मिनेटसम्ममा बजारमा २१ लाख ८६ हजार ३८१ कित्ता सेयर किनेबच हुँदा एक अर्ब ६ करोडमाथिको कारोबार भएको छ । भने नेप्से २१.२८ अंकले बढेर १५०० विन्दुमाथि १५०६.२८ अंकमा पुगेको छ ।

व्यापार व्यवसाय ठप्प हुदा नयाँ लगानीकर्ताको प्रवेश र निक्षेपको ब्याजदर न्यून हुँदा बैंकका निक्षेपकर्ता निरुत्साहित भएर सेयर बजारमा लगानी बढाउँदा बजारमा उछाल देखिएको छ । यस्तै कर्जाको ब्याजदर घट्नु पनि बजार बढ्नुको कारण रहेको बजारका जानकाहरु बताउँछन् । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: