तीनदिन घटेको सुनको मूल्य ८ सयले बढ्यो, प्रतितोला ९३ हजार ९ सय

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । लगातार तीन गरी घटेको सुन शुक्रबार भने सामान्य महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलाको ८ सय रुपैयाँले बढेको छ । जसअनुसार छापावाल सुन प्रतितोला ९३ हजार ९ सय र तेजाबी सुन ९३ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

पछिल्लो तीन दिनमा सुन ४१ सय रुपैयाँले सस्तिएको थियो ।

सुनको मूल्य बढ्दा आज चाँदी पनि ४० रुपैयाँ महँगो बनेको छ । तीन दिनमै दुई सय रुपैयाँ सस्तो बनेको चाँदी शुक्रबार तोलाको ११ सय ६० रुपैयाँ कायम भएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: