विराट कोहलीलाई १२ लाख जरिवाना

एजेन्सी । आईपीएल टोली रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई जरिवाना गरिएको छ । बिहीबार राति भएको खेलमा किंग्स इलेभेन पन्जाबविरुद्ध स्लो ओभर गरेको भन्दै आयोजकले १२ लाख भारु जरिवाना तिराएको हो ।

सोही खेलमा बैंगलोर ९७ रनले पन्जाबसँग पराजित भएको थियो । यसै खेलका दौरान कोहलीले पन्जाबका कप्तान लोकेस राहुलको क्याच छाडेका थिए । उक्त क्याच बैंगलोरका लागि भारी बनेको थियो । राहुलले बैंगलोरविरुद्ध अविजित १३२ रनको शतकीय पारी खेलेका थिए ।

दुबई इन्टरनेसनल स्टेडियममा बैंगलोरले टस जितेर पहिले बलिङ रोजेको थियो । बैंगलोरमा डेल स्टेन, उमेश यादव र नवदीप सैनीजस्ता तीन प्रमुख तीव्र गतिका बलर थिए । तर, बैंगलोरका बलर पन्जाबविरुद्ध खासै नचल्दा विशाल लक्ष्य प्रस्तुत भएको थियो ।

सोही खेलमा बैंगलोरले २० ओभर बलिङ गर्न दुई घण्टाको समय लिएको थियो । तर, टी(ट्वान्टीमा एक इनिङ्सका लागि सामान्यतः ९० मिनेटको समय निर्धारण गरिएको हुन्छ । यसै कारण कप्तान कोहलीलाई जरिवाना लगाएको हो । २०७ रनको लक्ष्य पछ्याएको बैंगलोरले १७ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्र जोडेको थियो ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: