स्याङ्जाको आइसोलेसनबाट एक संक्रमित फरार

स्याङ्जा, असोज ८ । स्याङ्जाको भीरकोट नगरपालिकाको कालिका सामुदायिक अस्पतालको आइसोलसनमा उपचाररत एक पुरुष संक्रमित बुधबार रातीदेखि फरार छन् । 

भदौ २८ देखि आइसोलसनमा रहँदै आएका २८ वर्षीय ती पुरुषको बुधबार पनि पीसीआर परीक्षण गरिएको थियो ।

केही महिनादेखि कैद सजाए भोगिरहेका उनलाई कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा राखिएको थियो । खाना खाएर सुतेका उनी कति बेला उठेर फरार भए यसबारे कसैलाई थाहा नभएको अस्पतालका कार्यकार्य अधिकृत छायादत्त रेग्मीले जानकारी दिए ।

अस्पतालको सुरक्षार्थ खटिएका ४ जना सुरक्षाकर्मीले समेत थाहा पाउन नसकेको उनको भनाइ छ । बुधबार रातीदेखि फरार रहेको भन्ने खबर पाएपछि ती व्यक्तिको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: