यूएईमा आईपीएल हुँदा टिमहरुको रणनीति कस्तो ?

एजेन्सी । इन्डियन प्रिमियर लिग ९आईपीएल० टी(ट्‌वान्टी क्रिकेट शनिबारबाट सुरु हुँदै छ । कोरोना महामारीका कारण यो सिजनको आईपीएल यूएईमा हुँदै छ । टिमहरुले आफ्नो घरेलु मैदान र त्यहाँको अवस्था हेरेर खेल प्रदर्शनका लागि रणनिति बनाएका थिए । तर, यूएईमा आईपीएल हुँदा हाल टिमहरुले आफ्नो खेल रणनितिमा परिवर्तन गर्ने देखिन्छ ।

नयाँ खेल मैदान, नयाँ वातावरण र फरक मौसम हुँदा खेलमा खेलाडीहरुले के कुरामा आफ्नो रणनीतिमा परिवर्तन गर्नेछन् । यूएईमा हुने खेलमा कुनै टिमले हरेक माहोललाई सामना गर्ने अवस्था आउनेछ भने कुनै टिमलाई उत्कृष्ट प्रदर्शन गर्ने माहोल आउनेछ ।

स्पिनका लागि प्रख्यात रहेको यूएईको मैदानहरुमा सबै टिमले स्पिनरहरुलाई प्रथामिकता दिने बताइएको छ । आईपीएल यूएई हुँदा टिमहरुले रणनिति परिवर्तन गर्नेबारे यहाँ क्रिक इन्फोले विश्लेषण गरेको छ ।

होम र अवे खेल 

यो सिजनको आईपीएलमा होम खेलको अवधारणा एक टिमले कुनै खेल मैदानमा सात खेल खेल्नेछन् । त्यो मैदानलाई उनीहरुको होम खेल भनेर बुझिनेछ । रोयल चेलेन्जर, दिल्ली क्यापिटल, चेन्‍नई सुपर किंग्स, सनराइजर्स हैदराबाद, किंग्स इलेभेन र राजस्थान रोयल्सले आधा समूह दुबईमा खेल्नेछन् । उनीहरुका लागि दुबई घरेलु मैदान रहनेछ । 

त्यस्तै अन्य दुई टोलीका लागि घरेलु मैदानका रुपमा अबुधाबी हुनेछ । टिमहरुले फरक ठाउँमा धेरै खेले पनि विपक्षीहरूले पनि अवस्था थाहा पाउनेछन् । मैदाननको रेकर्डहरूमा जाँदा, अबुधाबी र दुबई त्यस्तै फरक छैनन् । तर, अन्य मैदानको अवस्थाभन्दा फरक भएको शारजाहमा सबै टोलीहरुले तीन खेलहरु खेल्नेछन् ।

यसरी फरक(फरक मैदानमा खेल खेल्दा टिमको रणनीतिमा परिवर्तन गर्ने देखिन्छ । उसो त सबै टिमले सबै मैदानबारे र टिमको खेल्ने तरिकालाई सहजै जान्‍ने मौका पाउनेछन् । उनीहरुले एउटै मैदानमा सात खेल खेल्दा मैदानको पिचबारे पनि राम्रो ज्ञान राख्‍ने अवसर पाउनेछन् । 

टसको भूमिका ठूलो

यूएईमा हुने आईपीएलको यो सिजन टसले धेरै ठूलो भूमिका खेल्ने विज्ञहरुले बताएका छन् । यूएईमा सन् २०१६ मा भएको पीएसएलमा टसले धेरै ठूलो भूमिका खेलेको थियो । पीएसएलको अन्तिम तीन सिजनको खेलहरुमा पनि टसको भूमिका महत्‍त्वपूर्ण रह्‍यो । टस जित्ने टोलीले खेल जितेको रेकर्ड धेरै छ ।

त्यस्तै यो सिजन हुने आईपीएलमा पनि टस जित्ने टोलीका लागि खेलमा जित निकाल्न धेरै ठूलो भूमिका खेल्ने बुझिएको छ । त्यसैले टस जित्ने टोलीले खेलमा विपक्षी टोलीलाई हेर्दै आफ्नो रणनीति परिवर्तन गर्नेछन् । यता टस हार्ने टोलीलाई पनि मैदानको पिचको अवस्था देखेर बलिङ तथा ब्यटिङको रणनीति परिवर्तन गर्ने अवस्था आउनेछ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: