स्याङ्जाका युवा संघका नेता काँग्रेस प्रबेश

स्याङ्जा, १८ असोज । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ९ साविक कोल्मा गाउँ विकास समिति काल्खुका युवा संघ तथा कम्युनिष्ट नेता भोजबहादुर राना सहित झण्डै ४० नेकपामा आवद्ध नेता तथा कार्यक्रता काँग्रेस प्रबेश गरेका छन् ।

राना सहितका नेकपाका नेता कार्यक्रर्तालाई स्वागत गर्दै नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य राजु थापाले वर्तमान कम्युनिष्ट सरकार जिम्मेवार नहुँदा जनताले दुःख पाएको बताए । वर्तमान सरकार बनेपछि सुशान आउने आम नागरिकले अपेक्षा गरेपनि अपेक्षामा तुषारापात भएको बताए ।

कम्युनिष्ट सरकार बन्यो भने गरिबका दिन आउने छ भनेर नेकपाका नेताहरुले भाषण गर्छन तर यो सरकार बनेपछि गरिब लुट्ने काम भएको थापाले जिकिर गरे । गरिबलाई लुटेर सरकार भ्रष्टाचारमा लिप्त रहेको समेत उनले आरोप लगाए ।

पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. १ का सभापति तुलसीराम रेग्मीले कम्युनिष्टहरुको भनाई र गराईमा आकाश जमिनको अन्तर रहेको भनाई राखे । उनले संघीय, प्रदेश र स्थानीय तहका नेकपाका नेताहरु जनतालाई सास्ती दिएर मोजमस्तीमा रमाई रहेको समेत दाबी गरे । 

कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष भरतप्रसाद लम्सालले प्रधानमन्त्री र मन्त्रीहरु रेल र पानी  जहाजका गफ लगाउने तर सर्वहारा जनतालाई भोकभोकै राख्ने काम गरेको बताए । नेकपाको सरकार बनेपछि बेरोजगारको सख्ंया बढेको, बैदेशिक सहयोग घटेर देशलाई टाट पल्टाउन लागेको लम्सालले बताए ।

त्यस अवसरमा बोल्दै नेपाली काँग्रेस स्याङ्जाका नेता श्रीराम उपाध्याय, महिला नेतृ तारा मल्ल तरुण दलका नेमबहादुर राना, बाबु गुरुङ् र सोमबहादु रानाले तीनै तहका नेकपाका जनप्रतिनिधिहरु कमाउ धन्दामा लागेर दिनदुःखिका कुरा सुन्न छाडेको बताए । उनीहरुले सरकारको यस्तै गतिविधि जारी रहे देश र जनता कंगाल बन्ने समेत बताए ।

पार्टी प्रबेश हितेन्द्र के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नारायण पोख्रेलले गरेका थिए भने स्वागत र धन्यवाद ज्ञापन दुर्गा गुरुङ् र बखतबहादर गिरीले गरेको नेपाल विद्यार्थी संघका जिल्ला सभापति अजित क्षेत्रीले जानकारी दिए ।

काँग्रेस प्रबेश गर्दै भोजबहादुर रानाले के.पी. ओली नेतृत्वको सरकार निर्मला हत्या काण्डको मुखदर्शक, ३३ सुन काण्डको मतियार, ७० करोड भ्रष्टाचार, ओम्नी काण्ड लगाएतका काण्डैकाण्डमा लागेपछि आफूहरुले नेकपा छोडर काँग्रेस प्रबेश गरेको बताए । 

कोल्मा गाविसको तल्लो काल्खुका युवा संघका नेता भोजबहादुर राना सहित नेकपाका पुराना तथा युवा नेताहरु समेत गरी झडै ४० जना नेताहरु काँग्रेस प्रबेश गरेका छन् । काँग्रेस प्रबेश गरेका अधिकांश नेताहरु नेकपाको संगठनमा रहेर लामो समय काम गरेका हुन् । सरकार गैरजिम्मेवार बनेको भन्दै पछिल्लो समय स्याङ्जामा काँग्रेस प्रबेश गर्ने लहर नै चलेको छ ।



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: