प्रहरीमा तीन डीआईजी खाली, पाँचजना फेरि थप्‍न गृहको प्रस्ताव

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको नायब महानिरीक्षक डीआईजीको दरबन्दी थप गर्न तयारी अघि बढाएको छ । सरकारले गत चैतमा डीआईजी संख्या कटौती गरेपछि प्रहरीको कार्यसम्पादनमा असर परेपछि फेरी डीआईजीको संख्या बढाउने तयारी सुरु भएको हो ।

यसअघि नेपाल प्रहरीमा प्राविधिकतर्फ बाहेक डीआईजीको दरबन्दी २६ थियो । सरकारले गत चैतमा सो संख्या घटाएर १४ मा झारेको थियो । हाल तीन डीआईजीको दरबन्दी रिक्त रहेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए । यसअघि डीआईजी रहेका नीरज शाही र प्रद्युम्‍न कार्की एजाईजीमा बढुवा भएपछि दुई डीआईजीको पद रिक्त रहेको हो । अर्का डीआईजी सूर्य उपाध्याय अवकाशमा गएपछि उनको स्थान पनि रिक्त रहेर डीआईजीको तीनवटा पद खाली छ ।

डीआईजीको संख्या कटौती भएपछि धेरैजसो कार्यालयको नेतृत्व एसएसपीले गर्दै आएका छन् ।

डीआईजीले नेतृत्व गर्ने कार्यविभाग, अपराध अनुसन्धान विभाग, महिला तथा बालबालिका, लागुऔषध, मानव बेचविखन, साइबर ब्युरोलगायत विभाग नेतृत्वविहीन छन् । कतिपय कार्यालयलाई एकैमा गाभेर एआईजीले नेतृत्व गर्दै आएका छन् । प्रहरीका काम कारबाहीमा प्रत्यक्ष असर पर्न थालेपछि गृह मन्त्रालयका डीआईजी थापाको प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेको एक अधिकारीले बताए । गृहका एक अधिकारीका अनुसार गृहको प्रस्तावमा पाँच डीआईजी थप्‍ने भनिएको छ । मन्त्रिपरिषद्‍ले प्रस्ताव स्वीकृत गरे डीआईजीको संख्या प्राविधिक बाहेक १९ हुनेछ ।

प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयबीच सहमति जुटेपछि प्रस्ताव गरिएको मन्त्रिपरिषद्‍मा लगिएको भए पनि त्यसबारे निर्णय हुन सकेको छैन । यसबाहेक दरबन्दी रहेकै तीन डीआईजीको नियुक्तिबारे समेत गृहले पहल थालेको छैन ।  डीआईजीको प्रतिस्पर्धामा १४ जना वरिष्ठ प्रहरी उपरिक्षक एसएसपी छन् । हाल प्रदेश प्रहरीको, सीआईबीलगायतको नेतृत्व डीआईजीले गर्दै आएका छन् । प्रदेशमा भने डीआईजी नै प्रहरी प्रमुख हुने व्यवस्था पारित भइसकेको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: