काम गर्ने समयलाई घटाएर ६ घण्टा बनाउन फिनल्यान्डकी प्रधानमन्त्रीको प्रस्ताव


एजेन्सी । फिनल्यान्डकी प्रधानमन्त्री सना मेरिनले काम गर्ने समयलाई ८ घण्टाबाट घटाएर ६ घण्टा बनाउन प्रस्ताव गरेकी छन् । सोमबार सोसल डेमोक्रेटिक पार्टी समक्ष वाचन गर्दैगर्दा उनले उत्पादकत्व बढाइ काम गर्ने समय कटौति गर्न सकिने तर्क गरेकी हुन् । 

सो प्रस्ताव पारिद गराउन मेरिनले चार अन्य पार्टीबाट स्वीकृति हासिल गर्नुपर्ने हुन्छ । कोभिड–१९ का कारण देशमा बढ्दो बेरोजगारीका बीच यो कदमले सबैलाई हौसला दिने बताइएको छ । ३४ वर्षीया मेरिनले भनेकी छन्, “देशभरका कर्मचारीहरुको कार्य जीवनमा सुधार ल्याउन स्पष्ट दष्टिकोणको आवश्यकता छ र यसमा पहिलो स्थिर कदम भनेको उनीहरुको काम गने समय छोटो बनाउनु हो ।”

मेरिन विश्वकै सबैभन्दा कान्छि प्रधानमन्त्रीका रुपमा चर्चित छिन् । यसअघि उनले सरकारका पूर्व खर्च रद्द गरि पेन्सन बढाउने लगायतका नीति लागू गराइसकेकी छन् ।  रोयटर्स


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: