बार्सिलोनाले बेच्‍न चाहेका पाँच खेलाडी


एजेन्सी । स्पेनिस क्लब बार्सिलोनामा पछिल्लो समय क्लबको सम्पूर्ण परिपाटीको परिवर्तन गर्ने चर्चा चलिरहेको छ । 

बार्सिलोनाले ला लिगा उपाधि जित्‍न नसक्नु र च्याम्पियन्स लिगमा लज्जास्पद हार व्यहोर्नुले क्लबमा धेरै कुराको परिवर्तन आउने संकेत देखिएको छ ।

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पनि क्लब छाड्ने मनसाय देखाएपछि बार्सिलोनामा धेरै कुराको परिवर्तन आउने देखिन्छ । मेस्सीले मंगलबार क्लब छोड्ने बताएका थिए । लामो समय क्लबमा बिताएका उत्कृष्ट खेलाडीले क्लब छाड्ने बताएपछि क्लबमा हलचल मच्चिएको थियो ।

हाल क्लबले बार्सिलोनाका पाँच खेलाडीलाई क्लबबाट बिदाइ गर्ने योजना बनाएको छ । क्लबका स्टार खेलाडी लुइस स्वारेजसँग अन्य चार खेलाडीलाई बेच्‍ने बताएको हो । बार्सिलोनाले बेच्‍ने चाहेका खेलाडीको सूचीमा जेरार्ड पिके, जोर्डी आल्भा, सर्जियो रोवेर्टो र सर्जियो बुस्केट छन् ।

बार्सिलोनाले यी पाँचै खेलाडीको मूल्य पनि छिटै सार्वजनिक गर्ने बताएको छ । तर, मेस्सीले क्लब छाड्ने बताएपछि भने बार्सिलोनामा यो कुराले अन्योल बनाएको छ । यद्यपि बार्सिलोनो पाँच खेलाडीलाई बेच्‍नेछ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: