बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि

एजेन्सी । जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी० लाई १(० गोलले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो ।

पोर्चुगलको लिस्बनमा भएको फाइनलमा खेलमा बायर्नलाई उपाधि दिलाउन किङ्सले कोमानले खेलको एक मात्र निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा कोमानले गोल गरेका थिए ।

खेलको ५९औं मिनेटमा जोसुआ किमिचिको लामो प्रहारमा कोमानले हेडरमार्फत गोल गरेका थिए । यसअघि १८औं मिनेटमा नेयमारले गरेको प्रहार बायर्न गोलरक्षक नोएरले लगातार दुई बचाउ गरेपछि पीएसजी अग्रता लिनबाट चुकेको थियो । २२औं मिनेटमा रोबर्ट लेवन्डोवस्किले गरेको प्रहार पोलमा लाग्दै फर्किदा बायर्न अग्रता लिनबाट चेकेको थियो ।

त्यसको एक मिनेट बित्दै पीएसजीका डी मारियाले गरेको प्रहार आकासिएको थियो । ७४औं मिनेटमा नेयमारको प्रहार अकासिँदा पीएसजीले खेल बराबरीमा ल्याउने अवसर गुमायो । खेलको इन्जुरी समयमा पनि बराबरी गोल फर्काउने अवसर खेर फाक्दा पीएसजी बायर्नसँग १–० गोलले पराजित हुन पुग्यो ।

यस जितसँगै बायर्नले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । बायर्नले यसअघि १९७४, १९७५, १९७६, २००१ र २००१३ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । यता, पहिलोपटक फाइनल पुगेको पीएसजीले भने च्याम्पियन्स लिगको उपाधि जित्ने अवसर गुमाएको छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: