उपाधि चुम्‍न नसक्दाका नेयमार

एजेन्सी । ब्राजिलियन फुटबलर नेयमार विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्येका एक हुन् । नेयमारले ब्राजिल फुटबल र बार्सिलोनाका लागि जे जति प्रदर्शन गरे त्यसस्तरको प्रदर्शन फ्रेन्च क्लब पीएसजीका लागि गर्न सकेनन् ।

सन् २०१३ मा स्पेनिस क्लब बार्सिलोनामा आएका नेयमारले लामो समय बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए । बार्सिलोनाका लागि नेयमारले च्याम्पियन्स लिग, ला लिगा, कोपा डेल रेजस्ता उपाधिहरु जित्न सफल भए । उनले जसरी बार्सिलोनाका लागि प्रदर्शन गरे त्यसरी नै सन् २०१४ को विश्वकपमा ब्राजिलका लागि प्रदर्शन गरे ।

नेयमारले ब्राजिललाई सेमिफाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेले । क्‍वार्टरफाइनल खेलको ८८औँ मिनेटमा घाइते भएर मैदानबाहिर गएका नेयमार सेमिफाइनल खेल खेल्न नसक्ने अवस्थामा भए । सेमिफाइनलमा ब्राजिल जर्मनीसँग ७(० गोल अन्तरले पराजित भएको थियो ।

सन् २०१५ मा नेयमारले बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्त्वपूर्ण योगदान गरे । त्यसपछि विश्व फुटबलमा उत्कृष्ट खेलाडीको सूची आउँदा नेयमार सधै तेस्रो नम्बरमा रहन्थे । सन् २०१७ को सिजनमा नेयमारले आफ्नो बेग्लै पहिचान बनाउन फ्रेन्च क्लब जाने निर्णय गरे ।

नेयमार पीएसजीमा गएको सिजनदेखि उत्कृष्ट फर्ममा भने छैनन् । उनले पीएसजीका धेरै खेलहरु गुमाएका छन् । घाइते भएका कारण धेरै खेल नखेलेका नेयमारले लिग वानको उपाधि भने जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । 

नेयमारले ब्राजिललाई सन् २०१८ को विश्वकपको क्‍वार्टरफाइलनमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेले । ब्राजिल क्‍वार्टरफाइनल खेलमा बेल्जियमसँग २(१ गोल अन्तरले पराजित भयो । 

त्यसपछि पनि नेयमारले पीएसजीलाई लिग वानको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरे । जुन लक्ष्यका साथ उनी बार्सिलोनाबाट पीएसजीमा आएका थिए उनको लक्ष्य भने सफल हुन सकेन । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै पीएसजीलाई च्याम्पिन्स लिगको फाइलनमा पुर्‍याउन सफल भएका थिए । तर, फाइनलमा उनले टिमलाई च्याम्पियन्स लिगको उपाधि जिताउन भने सकेनन् । पीएसजी आइतबार राति भएको खेलमा जर्मन क्लब वायर्नसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजी आएका नेयमारले क्लबका लागि ५२ लिग खेल खेल्दै ४७ गोल गरेका छन् । जसरी नेयमार बार्सिलोनामा स्थापित भएका खेलाडी थिए । उनी त्यसरी नै फ्रेन्च क्लबमा जमेर बस्‍न सकेका छैनन् । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: