स्याङ्जामा निषेधाज्ञा जारी


स्याङ्जा, भदौ ३ ।


कोरोना भाईरसको सङक्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लालाई पूर्ण रुपमा बन्द गरेको छ । स्याङ्जामा लकडाउनसँगै बैंक तथा बित्तिय संस्था समेत बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार निशेधाज्ञाको अवधीलाई भदौ ११ गतेसम्मका लागि तोकिएको छ । सो अवधीमा अतिआवश्यक सेवा बाहेक सबै बन्द गराउने बताईएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा स्याङ्जा जिल्ला र छिमेकी जिल्लाहरुमा समेत समुदायस्तरमा कोरोना पुगिसकेको उल्लेख छ त्यस्तै कुशे औंसी, हरितालिका तिज जस्ता पर्वहरुमा भिडभाड हुन नदिन निशेधाज्ञा जारी गरिएको जनाइएको छ ।

त्यस्तै जिल्ला अस्पताल स्याङ्जामा उपचाररत बिरामीमा कोराना पुष्टी भएपछि जिल्ला अस्पताललाई भदौ ९ गतेसम्मका लागि बन्द गरिएको छ ।

आदेशको अवज्ञा गर्ने तथा पालना नगर्नेलाई संक्रमक रोग ऐन २०२०, स्थानीय प्रशासन ऐन, २०२८ र अन्य प्रचलित कानुन बमोजिम कारवाही हुने सूचनामा उल्लेख गरिएको छ ।



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: