कोरोनाले थप ३ जनाको मृत्यु


 काठमाडौं । 

कोरोनाले भक्तपुरकी एक महिलाको पाटन अस्पतालमा मृत्यु भएको छ ।

संक्रमणका कारण पाटन अस्पतालमा भक्तपुरकी सूर्यविनायककी ६१ वर्षीय महिलाको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङको बुढिगंगा गाउँपालिका वडा नम्बर– २ की ६७ बर्षिया महिलाको निधन भएको हो । यता, चितवनको खैरेनी नगरपालिका गोठेश्वरका १ सय ८ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।

उनको हिजो मात्रै स्वाव संकलन गरी परीक्षणका लागि भरतपुर कोभिड अस्पताल पठाइएको थियो ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: