बीपी प्रतिष्ठान धरानमा कोरोनाबाट आमाछोराको मृत्यु

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुईजना संक्रमितको आज बिहान मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार धरान उपमहानगरपालिका वडा नम्बर १७ निवासी उनीहरु आमा छोरा हुन् । 

प्रतिष्ठानका अनुसार मृतकमध्ये ७४ वर्षीया महिला र ६० वर्षीय पुरुष छन् । योसँगै धरानमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । 

गएराति प्रतिष्ठानमा भर्ना भएकी आमामा मधुमेह र उच्च रक्तचापको थियो । यसैगरी छोरामा कलेजको समस्या देखिएको थियो । दुवैको शव व्यवस्थापन गर्ने तयारी भईरहेको प्रतिष्ठानले जनाएको छ । 

श्वास प्रश्वासमा समस्या भएपछि दुबैजना राति प्रतिष्ठान भर्ना भएका थिए ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: