नेकपा सचिवालय बैठक भदौ १३ मा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले सचिवालय बैठक बोलाएको छ । 

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटघाट र छलफलले सचिवालयको मिति तय गरेको हो । सचिवालय बैठक भदौ १३ गतेलाई तय भएको प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पीएसओसहित सुरक्षा गार्डलाई कोरोना सङ्क्रमण देखिएपछि होम क्‍वारेन्टिनमा छन् । १३ गतेको सचिवालय बैठकमा उनी उपस्थित नहुने स्रोतको भनाइ छ ।

दुई अध्यक्षबीच आज भएको छलफलमा भदौ ६ गते महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भएको थियो । अध्यक्षद्वयले यसलाई प्रस्ताव बनाएर सचिवालयमा पेस गर्ने कार्यसूची छ । 

अब बस्‍ने सचिवालयले स्थायी कमिटी बैठकको मिति तोक्ने छ । स्थायी कमिटी बैठक साउन १८ गतेदेखि अवरूद्ध छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: