कोरोना नियन्त्रण प्रयासमा यसरी लागेका छन् युरोपियन राष्ट्र

 


युरोपियन राष्ट्रहरूले सुरुवातमा कोरोना भाइरसलाई हल्का रूपमा लिएका थिए । इटाली, बेलायत, जर्मनी र फ्रान्सजस्ता राष्ट्रले सतर्कता नअपनाउँदै ठूलै क्षति व्यहोरे । सुरुका दिनमा कोभिड–१९ (कोरोना) को सामान्य नियम पनि पालना नगर्दा यी राष्ट्रमा दैनिक संक्रमित संख्या बढ्दै गएका थिए । धेरै पछि मात्र युरोपियन राष्ट्रले कोभिड–१९ नियन्त्रणमा लिन लकडाउन लगाए । अहिले पनि लकडाउन यथावत् नै छ । युरोपिन राष्ट्रले कोभिड–१९ नियन्त्रणमा लिन चालेका कदम यस्ता छन् । 

स्पेनः बाहिरका व्यक्ति प्रतिबन्ध

स्पेनले ४ मेमा लकडाउन घोषणा गऱ्याे । सा–साना बालबालिकामा समेत कोरोना भाइरस देखिएपछि स्पेनिस सरकारले सुरुमा ६ साताका लागि लकडाउनको निर्णय गऱ्याे । यो ६ सातामा केही सहरमा कोरोना भाइरस नियन्त्रणमा आयो । बार्सिलोना, रियल म्याड्रिड, भ्यालेन्सिया सहर नियन्त्रित भए । तर जुलाईको मध्यतिर उत्तरी–पूर्वमा समुदायमा पुनः कोरोना भाइरसको लक्षण देखा पऱ्याे । त्यसपछि सरकारले घरमै बस्ने र कहीँ पनि हिँडडुल गर्न नपाउने आदेश जारी गऱ्याे । चार करोड बसोवास गर्ने क्याटलान राज्यमा यो नियम कडा बनाइएको छ । अहिले एटलेटिको म्याड्रिड र रियल म्याड्रिड सहरमा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने र भौतिक दूरी कायम राख्नुपर्ने नियम छ । यो समयमा स्पेनमा पर्यटक घुम्ने आउने समय हो । सरकारले बाहिरी मुलुकका व्यक्तिलाई रोक लगाएको छ । १४ दिनको क्वारेन्टाइन नियम यथावत् छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: