भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

 

काठमाडौं, भदौ १ । 

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९ सय ४१ जानाको मृत्यु भएसंगै हालसम्म भारतमा यसबाट मृत्यु हुनेको संख्या ५० हजार ९ सय २१ पुगेको छ ।

यस्तै गत २४ घण्टाको अवधिमा ५७ हजार ९ सय ८२ नयाँ संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या पनि २६ लाख ४७ हजार नाघेको छ ।

पछिल्लो समय भारतमा दैनिक ५५ हजार बढी संक्रमित थपिदै जाँदा एक हजारको हाराहारीले ज्यान गुमाईरहेका छन् ।

महाराष्ट्र, दिल्ली, मध्यप्रदेश र राजस्थान कोरोनाको सबैभन्दा धेरै चपेटामा परेका छन् ।

यसैबीच भारतमा संक्रमण शहरबाट गाउँमा फैलिन सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

६० करोड ग्रामिण भेगमा बसोबास गर्ने जनसंख्या मध्ये ७० प्रतिशत जेष्ठ नागरीकहरु रहेकाले यसले थप चुनौती थपिएको विज्ञहरुको भनाई छ ।

नेशनल फेमिली हेल्थ सर्वेका अनुसार भारतमा ग्रामिण भेगका २५ प्रतिशत मात्र सार्वजनिक स्वास्थ्य सेवाको पहुँचमा रहेका छन् ।

जसले गर्दा भारतको आधा जनसंख्यामा संक्रमण हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

स्वास्थ्य पूर्वाधारको अभावका कारण अन्य रोगको उपचार समेत नपाउने अबस्थामा त्यस क्षेत्रमा संक्रमण बढे स्थिति भयावह हुने बताइएको छ । (एजेन्सी)


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: