नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु, संक्रमितको संख्या ३१ हजार नाघ्यो

काठमाडौं, भदौ ६ । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र भक्तपुरमा गरी ९ जनाको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा पर्साका तीन, सुनसरीका दुई, बारा, सिरहा, मकवानपुर र भक्तपुरका एकरएकजना रहेका छन् ।

योसँगै नेपालका कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।

                थप ६३४ जनामा कोरोना

प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा १२ हजार १९ जनामा गरिएको ‘पीसीआर’ परीक्षणमा देशभर ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

योसँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।

मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामामात्रै २१६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १६०, भक्तपुरमा ५० र ललितपुरमा छजना संक्रमित थपिएका हुन् ।

प्रवक्ता डा। गौतमले पछिल्लो २४ घन्टामा देशभरका विभिन्न अस्पतालबाट १३६ जना ‘डिस्चार्ज’ भएको जानकारी दिनुभयो । योसहित कोरोना निको हुनेको संख्या १८ हजार ३५० पुगेको छ ।

मन्त्रालयकाअनुसार हाल देशभर ‘क्वारेन्टिन’मा रहनेको संख्या ११ हजार ६५८ रहेको छ । ‘आइसोलेसन’मा १२ हजार ६२१ जना रहेका छन् ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: