चिनियाँ कम्पनीले तोक्‍यो कोभिड–१९ खोपको मूल्य, डिसेम्बरदेखि बिक्री गरिने


काठमाडौं । चीनको वुहानबाट सन् २०१९ डिसेम्बरबाट सुरु भएको नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विश्वभरका मुलुकहरुले लकडाउन र कोभिड कर्फ्यु जारी गरेका छन् । सामाजिक दूरी, अनिवार्य मास्क, स्यानिटाइजरको प्रयोगलगायत स्वास्थ्य मापदण्डहरु बनाइएका छन् । 

चिकित्सा विज्ञहरुले खोपको सहज उपलब्धता नहुँदासम्म कोरोना भाइरसको संक्रमण पूर्ण नियन्त्रणमा आउन नसक्ने चेतावनी दिइरहेका छन् । विश्वभरका शक्ति राष्ट्रहरु भने खोप पहिला कसले विकास गर्ने भन्‍ने प्रतिस्पर्धामा छन् । यसअघि रुसले आफूले विश्वकै पहिलो कोरोनाविरुद्धको खोप बनाएको दाबी गरेको थियो । 

तर, पश्‍चिमा शासक, चिकित्सा विज्ञ र वैज्ञानिकहरुले भने उक्त खोप सुरक्षित नभएको र खोप विकासमा सम्पूर्ण चरणका लागि अपनाउनुपर्ने मापदण्डको पालना नभएको बताएका थिए । रुसी राष्ट्रपति भलाद्‌मिर पुटिनले भने आफ्नो छोरीलाई उक्त खोप दिएको बताएका थिए भने स्वास्थ्य मन्त्रालयले आपतकालीन प्रयोगमा खोप आएको दाबी गरेको थियो । 

गत साता राष्ट्रिय स्वास्थ्य आयोगका प्रमुख चेङ चोङवेइले सीसीटीभीसँगको कुराकानीमा परीक्षणको तेस्रो चरणमा रहेको कोरोनाविरुद्धको खोप आफूले उच्च जोखिम भएका समूहलाई जुलाईदेखि नै लगाउँदै आएको दाबी गरेका थिए । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चाँडै खोप विकास गरेर कोरोना नियन्त्रण गर्न नसकेको आलोचनात्मक स्वरलाई जवाफ दिँदै आफ्नो राष्ट्रपति निर्वाचनलाई प्रभावित पार्ने रणनीतिअनुरुप खोप विकासलाई तीव्रता दिन निर्देशन दिएका छन् । 

चीन भने विश्वका अन्य मुलुकभन्दा आफूले अगाडि खोप विकास गर्ने प्रतिस्पर्धाको प्रयासमा छन् । उसले आफ्नो खोप विकासमा भइरहेको निरन्तरको प्रगतिबारे सार्वजनिक जानकारी गराउँदै आएको छ । चिनियाँ सञ्‍चारमाध्‍यमले गत साता विकासको क्रममा रहेको एउटा खोपको तस्बिर सार्वजनिक गरेको थियो । तस्बिरमा प्रयोगशालामा एउटी महिलाले खुसी हुँदै एउटा सानो बाकस समातेकी छन् ।

विश्वभर तेस्रो चरणमा रहेको परीक्षणमा क्रममा रहेका ६ वटा खोपमध्ये तीनवटा चिनियाँ हुन् । यस चरणमा खोपको बृहत् परीक्षण आवश्यक हुन्छ । तेस्रो चरणको परीक्षणमा रहेको एउटा खोप चिनियाँ फर्मासिटिकल कम्पनी सिनोफार्मले विकास गरिरहेको खोप हो । सिनोफार्मले डिसेम्बरसम्ममा खोप बजारमा ल्याउने विश्वसा व्यक्त गरेको छ । उसले  खोप मूल्य १४० अमेरिकी डलर अर्थात् १०६ युरो तोकेको छ । यो भनेको करिब १६ हजार ५०० नेपाली रुपैयाँ पर्छ । 

तेस्रो चरणको परीक्षणका लागि चीनले कोरोना भाइरसका बढी संक्रमित मुलुकहरुसँग समन्वय गरिरहेको छ । बृहत् परीक्षणमा सफलता प्राप्त गरेपछि मात्रै खोप सफल भएको मानिन्छ । यसका लागि चीन आफ्नै देशमा आवश्यकताअनुसार खोप परीक्षण गर्ने नसक्ने अवस्थामा छ । किनभने चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा छ र परीक्षणका लागि संक्रमितको संख्या निकै न्यून छ । 

हङकङ विश्वविद्यालयको पब्लिक स्कुल अफ हेल्थका प्राध्यपक बेन काउलिङले भने, ूतेस्रो चरणमा रहेका सबै खोप निर्माताहरू हजारौं व्यक्तिमाथि गरिने परीक्षणका लागि कोरोना भाइरस संक्रमण उच्च भएका स्थान खोजिरहेका छन् । मलाई लाग्छ अहिले तेस्रो चरणमा परीक्षण भइरहेका खोपहरू प्रभावकारी हुने धेरै राम्रो सम्भावना छ ।ू

उनले थपे, ूडिसेम्बरसम्ममा बजारमा केही खोपहरू आउन सक्छन्। तर आवश्यक पर्ने ठूलो मात्रामा उपलब्ध हुन्छन् कि हुँदैनन् भन्ने मलाई थाहा छैन ।ू सन् २०२१ को ग्रीष्मतिर सबै नागरिकलाई कोभिड(१९ को खोप दिन सकिने उनको विश्‍वास छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: