राष्ट्रिय सभामा गौतम कि खतिवडास् अन्तिम संघर्षमा नेकपा

काठमाडौं । राष्ट्रिय सभामा रिक्त एक पदमा वामदेव गौतम र युवराज खतिवडामध्ये कसलाई सिफारिस गर्ने भन्ने अन्तिम निर्णय बिहीबारको सचिवालय बैठकले गर्ने अपेक्षा गरिएको छ। तर, नेताहरुबीच समान धारणा बन्न नसक्दा बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठक दिउँसो ३ बजेका लागि सारिएको छ। सोही बैठकमा दुवै पक्षबीच संघर्ष हुने देखिएको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने सो पदमा यसअघि खतिवडा नै थिए। उनलाई नै निरन्तरता दिने पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली छन्। ओलीले खतिवडालाई नै निरन्तरता दिन चाहेको अन्य नेताहरुलाई भनिसकेका छन्।

तर गत फागुन १४ गतेको सचिवालय बैठकले गौतमलाई सो पदमा सिफारिस गर्न  सरकारलाई अनुरोध गर्ने निर्णय गरिसकेको छ। त्यही निर्णयलाई आधार बनाएर गौतमले आफू राष्ट्रिय सभा सदस्य बन्न पाउनुपर्ने बताइरहेका छन्। प्रधानमन्त्रीसँगको पछिल्लो भेटमा पनि उनले आफ्नै पक्षमा अडान राखेका छन्।

गौतमका पक्षमा रहेका नेताहरुले पनि  गौतमको विषयमा थप निर्णय गर्नु नपर्ने बरु फागुन १४ कै निर्णय कार्यान्वयन गरे हुने बताइरहेका छन्।

सचिवालयले गौतम वा खतिवडा कसको पक्षमा निर्णय गर्ला भन्ने विषयमा दुई पक्षको दुईथरी धारणा छन्।

नेकपाका उच्च तहका एक नेताले गौतम नै सिफारिस हुने सम्भावना धेरै रहेको प्रतिक्रिया दिए। ‘अहिले पार्टीको सचिवालय बैठकले आधिकारिक निर्णय गर्ला। दिउँसो ३ बजे बैठक बोलाइएको छ’, उनले भने, ‘वामदेव कमरेड हुने सम्भावना धेरै भयो। सचिवालयले नै निर्णय गरेपछि विषय थप  आधिकारिक हुन्छ।‘

यसअघि नै पार्टी कमिटीले नै निर्णय गरेकाले समेत गौतमको विपक्षमा उभिन प्रधानमन्त्री लगायत निर्णय प्रक्रियामा सहभागी नेताहरुलाई नैतिक संकट हुने ती नेताको भनाइ छ। त्यसैले गौतमलाई सहज भएको उनको भनाइ छ।

बुधबार अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेट हुँदा पनि दुई मध्ये कसलाई सिफारिस गर्ने भन्ने सहमति जुट्न सकेको थिए।  प्रधानमन्त्री ओलीले आफूलाई काम गर्न खतिवडा भए सजिलो हुने बताएका थिए। तर दाहाले प्याकेजमा सचिवालय बैठकमा छलफल गर्ने भन्दै बालुवाटारबाट निस्केका थिए।

ओलीलाई भेटेर प्रचण्ड निस्किए लगतै बेलुकै उपाध्यक्ष गौतम पनि बालुवाटार गएका थिए। गौतमले आफूलाई राष्ट्रिय सभामा सिफारिस गर्न आग्रह गरेको बुझिएको छ।

यता नेकपाका ओली पक्षका नेताहरुले खतिवडालाई सिफारिस गर्ने विषय अब प्रधानमन्त्रीका लागि इगोको विषय भइसकेकाले उनी पछि हट्ने सम्भावना नरहेको बताउन थालेका छन्। उनी पक्षका एक नेताले भने, उहाँ पछि हट्ने कुनै सम्भावना छैन।

ओलीले खतिवडालाई राष्ट्रिय सभामा निरन्तरता दिन सकिए उनलाई मन्त्रीको रुपमा पनि निरन्तरता दिन पाइने र सरकार सञ्चालनमा आफूलाई सहज हुने बताउँदै आएका छन्।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: