बालुवाटारमा ओली प्रचण्ड भेट–मन्त्रिपरिषद् पुनर्गठन छिट्टै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटघाट जारी छ । दुई अध्यक्ष, ओली–प्रचण्डबीच भर्खरै सुरु भएको भेटवार्तामा मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक नियुक्तिबारे छलफल हुने स्रोतको दाबी छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य थालिसकेका छन् । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद् पुनर्गठन रोकिनुपर्ने कुनै कारण नरहेको बताए ।

“प्रधानमन्त्रीज्यूले पार्टी अध्यक्षसँग पनि परामर्श गरिसक्नुभएको छ । सचिवालय नेतासँग पनि छलफल गरिसक्नुभएको छ । सचिवालयका सबैजसो नेताहरूले आ–आफ्ना धारणा राखिसक्नुभएको छ, रोकिनुपर्ने कारण छैन,” उनले भने ।

प्रधानमन्त्रीको सचिवालयमा रहेका एक सदस्यले पनि पुनर्गठन छिट्टै हुने बताए । “प्रधानमन्त्रीज्यूले छिट्टै पुनर्गठन गर्छु भन्नुभएको छ,” उनले भने ।

सचिवालय बैठकमा दुई वर्षे अवधि गुजारेकालाई बिदा दिने, प्रधानमन्त्रीबाहेक सबै मन्त्रीहरूलाई बिदा दिएर आवश्यकलाई पुनर्नियुक्ति दिने, मन्त्रालय फुटाउने र रिक्त रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने आदि विकल्पमा छलफल भएको थियो ।

त्यस्तै प्रधानमन्त्रीले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय फुटाएर ऊर्जा र जलस्रोत तथा सिञ्चाई मन्त्रालय अलगअलग बनाउने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाएर वाणिज्य तथा आपूर्ति मन्त्रालय अलग्गै बनाउने विकल्पमा पनि प्रधानमन्त्री ओलीले छलफल गरेका थिए ।

यो सबै प्रधानमन्त्रीको विशेषाधिकार भएको नेम्वाङको भनाइ छ । “पार्टीको राय, सुझाव लिइसक्नुभएको छ,” उनले भने । दुई अध्यक्षको आजको छलफलले पार्टी एकताका बाँकी, थाति रहेका कामलाई पूर्णता दिने विषयमा पनि गृहकार्य गर्ने बुझिएको छ । भदौ ६ गते बसेको सचिवालय बैठकले १० दिनभित्र गृहकार्य गरेर खाका बुझाउन अध्यक्षद्वय र महासचिव विष्णु पौडेललाई जिम्मा दिएको थियो ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: