गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । 

क्षयरोग उपचार केन्द्र, पोखरा र प्रतिवेदन ढिला गरि प्राप्त भएका गण्डकी प्रदेशबाहेक अन्य प्रयोगशाला गरिएको परीक्षणमा गण्डकी प्रदेशका थप ४३ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

नयाँ संक्रमण थपिनेमा मनाङ चामेमा एक जना नेपाल प्रहरीमा कार्यरत व्यक्ति रहेको जनाइएको छ । त्यसैगरी गोरखाको अजिरकोटका अर्का एकजना भारतबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिएको बताइएको छ । 

अन्य ४१ जना कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु रहेको जनाइएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) अन्य प्रदेशका प्रयोगशालामा गरिएको परीक्षणमा पोजेटिभ आएका सबैलाई आइसोलेसन केन्द्रमा राखि सकिएको र अन्य सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: