न्युजिल्यान्डमा मेपछि कोरोना संक्रमणबाट पहिलो व्यक्तिको मृत्यु

न्युजिल्यान्ड । कोरोना भाइरसको संक्रमणको प्रभावकारी नियन्त्रण भएको भनिएको न्यजिल्यान्डमा मेको अन्तिमपछि पहिलो पटक एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । 

एक ५० वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार अकल्यान्ड अस्पतालमा मृत्यु भएको छ । उनको केही दिनदेखि सघन उपचार कक्षमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो साता एक सयभन्दा बढी कोरोना संक्रमित देखिएको सहर अकल्यान्डमा शुक्रबार थप पाँच जनामा कोरोना संक्रमण देखिएको हो । 

यसअघि कोरोना महामारीको प्रभावकारी नियन्त्रण गर्न सकेको भन्दै अन्तर्राष्ट्रिय जगतबाट प्रशंसा भएको थियो । न्युजिल्यान्डमा करिब एक सय दिनसम्म कुनै पनि स्थानीय संक्रमण फेला परेको थिएन । 

न्युजिल्यान्डमा पछिल्लो समय संक्रमित देखिन थालेपछि प्रतिबन्धहरु कडा पारिएका छन् ।  ( बीबीसी)


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: