कांग्रेस महामन्‍त्री कोइरालाको स्वास्थ्यमा सुधार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएको छ । चाबहिलमा रहेको ओम अस्पतालमा उपचारत महामन्त्री कोइरालाले पार्टीका नेता(कार्यकर्तासँग शुभचिन्तकहरुलाई चिन्तित नहुन आग्रह गरेका छन् । 

उनले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै आफू अस्पतालमा अझै २÷३ दिन बस्ने पनि जानकारी दिएका छन् । “म कोभिड१९ बाट प्रभावित भएको व्यक्ति आज ओम नर्सिङ होममा आइसोलेसनमा छु । तपाईंहरुले चिन्ता गर्नुपर्दैन । दुई(तीन दिन अझै यहाँ बसेर म डिस्चार्ज हुन्छु । यति नै भनौं भनेर तपाईं सम्पूर्णलाई आग्रह छ,” महामन्त्री कोइरालाले भिडियो सन्देशमा भनेका छन् ।

ओम हस्पिटल एन्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा। विश्वनाथ कोइरालाको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले उनको उपचार गरिरहेको छ । उनका अनुसार महामन्त्रीको उपचारमा सिनियर कन्सल्ट्यान्ट पल्मोनोलाजिस्ट डा। सुबोधसागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभस्ट डा। प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम संलग्‍न छ ।

 मंगलबार राति एक्कासि शरीरको तापक्रम बढेपछि होम आइसोलेसनमा बसेका महामन्त्री कोइरालालाई अस्पतालमा भर्ना गरिएको थियो । उनको आईसीयूमा राखेर उपचार भइरहेको छ । महामन्त्री कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: