उद्योग, व्यवसाय सञ्‍चालनका लागि पहल गरिदिन देउवालाई व्यवसायीको आग्रह

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उद्योग, व्यापार–व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्थाका लागि सरकारसँग पहल गरिदिन आग्रह गरेको छ ।

सभापति देउवालाई आइतबार ज्ञापनपत्र बुझाउँदै महासंघले कोरोना भाइरसबाट जोगिने आवश्यक सुरक्षा सतर्कता अपनाएर उद्योग, व्यापार–व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्थाका लागि सरकारसँग पहल गरिदिन आग्रह गरेको हो ।

अध्यक्ष नरेश कटुवालको नेतृत्वमा बूढानीलकण्ठ पुगेर महासंघको टोलीले ज्ञापन पत्र बुझाएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

उनकाअनुसार ज्ञापनपत्रमा लकडाउन तथा निषेधाज्ञा अवधिभरको बैक तथा सहकारी संस्थाहरुको ब्याजदरमा विशेष छुट हुनुपर्ने, उक्त अवधिको व्यापार–व्यवसाय तथा औद्योगिक क्षेत्रको घरभाडामा सरकारी स्तरबाट उचित राहतको व्यवस्थापन हुनपर्ने पनि व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरिएको छ ।

महासंघले मासिक भ्याट तथा अन्य कर तिर्ने समयावधी थप गरी विलम्ब शुल्क तथा जरिवाना छुट हुनुपर्ने, उद्योग र व्यवसाय बचाउनका लागि बिनाधितो पाँच प्रतिशत ब्याजदरमा ऋणको व्यवस्थाका लागि पहल गर्न आग्रह गरेको देउवाले जानकारी दिए ।

महासंघले केरुङ नाकामा १० महिनादेखि रोकिएर रहेका माल–सामानका कन्टेनरहरु छुटाउन तुरुन्त कुटनीतिक पहल गर्दै नाकामा आवात–जावतका लागि व्यवसायी र चालकलाई सहज पासको व्यवस्था मिलाइदिन र नाकाहरुमा रहेको सिण्डिकेट अन्त्यका लागि सरकारसँग पहल गरिदिन पनि आग्रह गरेको छ ।  

मौद्रिक नीतिमा भएको पुनर्कर्जा उद्योगीहरुले मात्रै पाउने व्यवस्थालाई सहज बनाएर व्यापार–व्यवसायहरुलाई पनि दिनुपर्ने र कोरोनाका कारण शिथिल भएको उद्योग–व्यवसायहरुको समस्या समाधानका गर्न निजी क्षेत्र र सरकार स्तरको समन्वयन समिति बनाउनुपर्ने पनि माग महासंघले गरेको छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: