भारतीय गृहमन्त्री अमित शाहलाई अस्पताल भर्ना गरियो

नयाँ दिल्ली । भारतका गृहमन्त्री अमित शाहलाई शनिवार राति दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको छ । गत महिना कोरोना संक्तमण देखिएपछि उनी गुरुग्रामको एक प्राइभेट अस्पतालमा भर्ना भएका थिए । संक्रमणमुक्त भएपछि गृहमन्त्री शाहलाई अस्पतालले डिस्चार्ज गरेको थियो । तर, थकान र शरीरको दुखाइ निको नभएपछि उनी एम्समा भर्ना भएका बीबीसीले जनाएको छ ।

एम्सको मिडिया विभागले भनेको छ, “गृहमन्त्री अमित शाहलाई कोभिड केयरपछि ३० अगस्टमा एम्सबाट डिस्चार्ज गरिएको थियो । डिस्चार्जको समयमा दिइएको सल्लाहअनुसार संसद सत्रभन्दा अगाडि सम्पूर्ण मेडिकल चेकअपका लागि एक–दुई दिनसम्म अस्पतालमा भर्ना गरिएको छ ।”

यद्यपि, यसअघि उनका नजिकका व्यक्तिहरुले गृहमन्त्री शाहलाई श्वास फोर्न समस्या भएपछि एम्समा भर्ना गरिएको बताएका थिए ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: