पोर्टल्यान्ड आन्दोलनमा गोली चलाउने व्यक्ति पक्राउ गर्ने क्रममा मारिए

ओरेगन । संयुक्त राज्य अमेरिकाको प्रहरीले पोर्टल्यान्ड आन्दोलनका क्रममा भएको झडपमा गोली चलाउने व्यक्ति पक्राउ गर्ने क्रममा दाबी गरेको छ । 

यसअघि पोर्टल्यान्डमा ब्ल्याक लाइफ म्याटर्सु का प्रदर्शनकारी र राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकबीच भएको झडपमा गोली चलाउने ४० वर्षीय माइक रेनोहीमाथि अनुसन्धान भइरहेको थियो । 

उनले राष्ट्रपति ट्रम्पको समर्थनमा सडकमा आएका प्याट्रोइन प्रेयर ग्रुपका सदस्यसमेत रहेका आरोना डेनिलसनमाथि गोली चलाएका थिए । उनलाई बचाउने कोशिस गर्दा पनि बचाउन नसकिएको प्रहरीले जनाएको थियो । 

माइकललाई पक्राउ गर्ने क्रममा प्रहरीमाथि गोली चलाउन थालेपछि जवाफी कारबाहीका क्रममा मारिएको प्रहरीले बताएको छ । गत शनिबार पोर्टल्यान्डमा राष्ट्रपति ट्रम्पका समर्थक र जातीवादविरुद्धको आन्दोलनका क्रममा हिंसात्मक झडप भएको थियो । 

गत मे २५ मा अश्वेत नागरिक जर्ज फ्लोइडलाई एक प्रहरीले हत्या गरेपछि सुरु भएको आन्दोलन पोर्टल्यान्डमा रातिको समयमा निरन्तर प्रदर्शनहरु हुने भएका छन् । 

माइकलले यसअघि मिडियामा बोल्दै आफू र आफ्नो साथीमाथि छुरा प्रहार हुन लागेकोले आफूले गोली चलाएको बताएका थिए । उनले भनेका थिए, मसँग अरु विकल्प थिएन । म त्यहाँ मेरो साथीमाथि आक्रमण भएको बसेर हेर्न सक्दैन थे । तर, म साँच्चै मार्न चाहँदैन थे । तर, एक्कासी गोली चल्यो ।ू 

यसअघि आरोनको हत्या भएको विषयमा राष्ट्रपति ट्रम्पले ट्विट गर्दै भनेका थिए, प्रहरीले किन आरोनको हत्यारालाई पक्राउ गरिरहेको छैन रु जय डेनियसन ।ू  ( बीबीसी)


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: