कोरोना संक्रमणबाट काठमाडौंका ३ महिलासहित देशभर १४ जनाको मृत्यु

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेका छन् । 

डा.गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौंका ८२, ६७ र २२ वर्षीया महिला र चितवनका ३५ वर्षीया एक महिला रहेका छन् । 

त्यसैगरी सप्तरीका ५५÷५५ वर्षीय दुई पुरुष, धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: