एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने सम्मिलित टिम जमैका तलावाज क्यारेबियन प्रिमियर लिग ९सीपीएल० को सेमिफाइनलमा प्रवेश गरेको छ ।
लिगको अंक तालिकाको चौथो स्थानमा रहेको सन्दीपको टोली दुई खेलअगावै सेमिफाइनलमा पुग्न सफल भएको हो । शुक्रबार सम्पन्न खेलमा गुयाना एमेजन वारियर्सले बार्बाडोस ट्राइडेन्सलाई ६ विकेटले पराजित गर्दा जमैकाले सेमिफाइनलमा स्थान बनाएको हो ।
सीपीएलमा बार्बाडोस र सेन्ट किट्स एन्ड नेभियस प्याटियटस सिपिएलको लिग चरणबाटै बाहिरिएका छन् । सीपीएलमा अब लिग चरणका चार खेल बाँकी छन् । जसबाट सेमिफाइलन समीकरण पूरा हुनेछ ।
सीपीएलको सेमिफाइलनमा स्थान बनाउने चार टोलीको टुंगो भने लागिसकेको छ । जसमा ट्रिनबेगो नाइट राइडर्स, गुयाना, सेन्ट लुसिया जुक्स र जमैकाले छन् ।
अंक तालिका शीर्ष स्थान र चौथो स्थानमा रहेको टोलीबीच पहिलो सेमिफाइनल हुनेछ । दोस्रो सेमिफाइनलमा अंक तालिकामा दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
0 coment rios: