पौडेल बेपत्ता ः एक आरोपित सुधारगृह, अर्का कारागार चलान

स्याङ्जा, २४ भदौ । स्याङ्जाको वालिङका राजन पौडेललाई बेपत्ता पारेको आरोपमा उनका दुई जना साथीलाई पूर्पक्षका लागि थुनामा पठाएको छ । 

एक महिनाअघि दुई साथीसँगै पौडी खेल्न गएका १८ वर्षीय पौडेलको अवस्था अझै अज्ञात छ । बेपत्ता पारेको आरोपमा अदालतले दुबै जनालाई पूर्वक्षका लागि कारागार पठाउने निर्णय गरेको हो ।

जिल्ला अदालतमा मंगलबारको थुनछेक बहसमा पूर्पक्षका लागि थुनामा परेमा ती मध्ये एक नावालक भएकाले सुधारगृह र अर्कोलाई कारागार पठाएको हो । 

दुई मध्ये २० बर्षिय एक किशोर कारागारमा र अर्का १८ वर्षै एक बालकलाई पोखरास्थित सुधारगृह पठाउने अदालतको निर्णय भएको प्रहरी नायब उपरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

नेपालको कानुन बमोजिम १८ वर्ष पुरा नभएकालाई नाबालक मानिने जनाउँदै जिल्ला न्यायाधीश रमानाथ पौडेलको ईजलासले एक जनालाई सुधार गृह र अर्का आरोपितलाई थुनामा राख्ने आदेश भएको श्रेस्तेदार विश्वप्रसाद रेग्मीले जानकारी दिए । 

राजनले लगाएको कपडा र मोबाइल भीरकोट नगरपालिकाको ओडारेस्थित आँधीखोलाको किनारमा फुटेको अवस्थामा भेटिएको थियो । 

प्रहरीले घटना लगत्तै उनका दुई जना साथीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएको थियो । उनीहरुको बयानका आधारमा आँधीखोलामा पोखराबाट गोताखोर ल्याएर खोजीकार्य गर्दा समेत फेला पार्न सकिएको छैन् ।



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: