स्याङ्जामा गाँजा सहित तीन पक्राउ

स्याङ्जा, भदौ २४ । स्याङ्जामा अबैध लागुऔषध (गाँजा) सहित ३ जना पक्राउ परेका छन् । पक्राउ परेकाबाट ५ सय ४८ ग्राम गाँजा फेला परेको छ ।

गाँजा सहित पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका वडा नं. ८ का बिनबहादुर सिंह, भारतको बेतिया जिल्ला वडा नं. १० चैलाभार पश्चिम बिहार घर भई हाल पुतलीबजार नगरपालिका वडा नं. ३ बस्ने वर्ष २५ का संजिबकुमार सिंह र वर्ष १८ का रहमदिन आलम रहेका छन् ।

गाँजा सहित पक्राउ परेका भारतीय नागरिकसँग १ सय २ ग्राम गाँजा भेटिएपछि सोधपुछ गर्दा सिंहसँग गाँजा खरिद गरेको बताएपछि उनी पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

पक्राउ परेको तीनै जनाको जिल्ला अदालतबाट १५ दिनको म्यदा थप गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।




SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: