स्याङ्जामा हड्डी सहित एक जना पक्राउ

स्याङ्जा, भदौ २८ । स्याङ्जाको सदरमुकाम पुतलीबजारमा एक जना पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका वडा नं १३ आहालेका केहरसिंह नेपालीलाई प्रहरीले बाघको जस्तो देखिने हड्डी सहित पक्राउ परेका हुन् ।

नेपालीले हडीहरु लुकार्ई छिपाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

प्रहरीले नेपालीको घरकोेठा खानतलासी गर्दा आफ्नै घरको दोस्रो तलामा काठको ठेकी भित्र लुकाई राखेको बाघको जस्तो देखिने शरीरको टाउको, बङगरा सहितको च्यापु समेतको भागको सानो ठूलो गरी जम्मा ८१ वडा हाड फेला पारेको बताएको छ ।

नेपालीबाट बरामद हाडहरु र निज केहर सिंह नेपालीलाई आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय स्याङ्जामा बुझाईएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: