सुनचाँदीको भाउ घट्यो, सुन प्रतितोला ९६,५००, चाँदी १,३४५ रुपैयाँ कायम

काठमाडौं । सुनचाँदीको भाउमा पुनः गिरावट आएको छ । 

गत मंगलबारदेखि घट्न थालेको सुनचाँदीको भाउ बिहीबार ९आज० पनि घटेको छ । हिजो ९बुधबार० को तुलनामा आज ९बिहीबार० सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावल सुन तोलाको ९६ हजार ५ सय रुपैयाँ कायम गरेको छ । हिजो तोलाको ९७ हजार २ सय तोकिएको थियो ।

यस्तै तेजाबी सुन पनि तोलामा ७ सय रुपैयाँले नै झरेर ९६ हजार कायम भएको छ । हिजो तोलाको ९६ हजार ७ सय थियो ।

यसैगरी चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले गिरावट आएको छ । हिजो तोलाको १३ सय ६५ रहेको चाँदी आज १३ सय ४५ मा झरेको महासंघले जनाएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: