ब्राजिलको महिला र पुरुष खेलाडीलाई समान सुविधा



एजेन्सी । विश्व फुटबलमा बेलाबेला महिला तथा पुरुष खेलाडीको समान परिश्रमिक तथा सेवा(सुविधाको विषयमा चर्चा चल्ने गर्छ । त्यसमध्य केही देशले मात्र महिला तथा पुरुष खेलाडीको सेवा सुविधा बराबरी दिने गरेको पाइन्छ ।

त्यसैअनुरुप ब्राजिली फुटबल संघले राष्ट्रिय पुरुष टिमका खेलाडी सोसरह महिला टिमका खेलाडीलाई सेवा सुविधा दिने भएको छ । महिला फुटबल खेलाडीको लामो समयको मागलाई सम्बोधन गर्दै ब्राजिल फुटबल संघले यो निर्णय गरेको हो । 

महिला खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिताको दौरान सबै फुटबल खेलाडीको दैनिक भत्ता तथा पुरस्कार रकम पुरुष खेलाडीबराबर पाउने भएका छन् । ब्राजिल फुटबल संघले लिएको निणर्यले गर्दा खेलाडीको मनोबल बडाउन प्रेरित गर्नेछ । 

महिला तथा पुरुष खेलाडीको सेवा सुविधा समान दिने देशहरुका अस्ट्रिया, नर्वे तथा न्युजिल्यान्डलगायत मुलुक छन् । संघका अध्यक्ष रोजरिया काबोकोले यस वर्षको मार्चबाट निर्णय कार्यान्वयनमा आएको बताएका छन् । उनले अंग्रेजी पत्रिका ‘दी टेलिग्राफ’सँगको कुराकानीमा यस्तो बताएका हुन् । काबोकोले यो निर्णय सबै खेल प्रतियोगिताहरुमा लागु हुने पनि बताएका छन् ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: