ब्राजिलको सहज जित

एजेन्सी ।  फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत ब्राजिलले पहिलो खेलमा सहज जित निकालेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि भएको छनोट खेल अन्तर्गत बोलोभियासँग भएको पहिलो खेलमा ब्राजिलले जित दर्ता गरेको छ । 

घरेलु मैदानमा शनिबार बिहान भएको खेलमा ब्राजिलले ५–० ले पराजित गरेको हो । ब्राजिललाई जित दिलाउन रोबर्टो फिर्मिनोले दुई गोल गरे । त्यस्तै फिलिपे कोउटिन्हो र मार्किन्हसले एक–एक गोल गरे । ब्राजिलले एक गोल आत्मघाती उपहार पाएको थियो । 

खेलको १६ औँ मिनेटमा मार्किन्हसले हेडरमार्फत गोल गर्दै ब्राजिललाई अग्रता दिलाएको थियो । ३० औं मिनेटमा फिर्मिनोले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल गरेको ब्राजिलले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भएको थियो । 

४८ औं मिनेटमा फिर्मिनोले गोल गर्दै टिमलाई ३–० गोलको अग्रता दिलाए । ६६ औं मिनेटमा बोलिभियाको डिफेन्डर जोसे मारिया करास्कोकोले आत्मघाती गोल गर्दा ब्राजिलले ४–० को अग्रता लियो । ७३ औं मिनेटमा कोउटिन्होले गोल गर्दै ५–० गोलको जित दिलाए ।

पहिलो खेलमा जित निकाल्दै ब्राजिल तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै क्वालिफायर्स अन्तर्गत बोलोभियासँग अर्जेन्टिनाले अक्टोबर १४ तारिखमा प्रतिस्पर्धा गर्ने भएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: