चिकित्सकले भने – ट्रम्प सार्वजनिक कार्यक्रममा सहभागी हुनसक्छन्

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड १९ को उपचारको अवधि पूरा गरेको र यस साताको अन्त्यदेखि नै सार्वजनिक कार्यक्रममा सहभागी हुनसक्ने चिकित्सकहरुले बताएका छन् । ट्रम्पका चिकित्सक डा। सियन कोन्लेले राष्ट्रपति ट्रम्प अहिले निकै राम्रोु र स्वास्थ्य स्थिर रहेको बताएका छन् । 

राष्ट्रपति ट्रम्पले शुक्रबार सम्भवतस् अर्को कोभिड परीक्षण गराउने र साताको अन्त्यदेखि नै चुनावी र्‍यालीहरुमा सहभागी हुने आशा व्यक्त गरेका छन् । त्यसैगरी राष्ट्रपति ट्रम्पले आगामी बिहीबार हुने दोस्रो टेलिभिजन डिबेटमा सहभागी नहुनेसमेत बताएका छन् ।

आयोजकले ट्रम्पक र उनका डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडनबीचको निर्धारित बहस इन्टरनेटको माध्यमबाट गरिने बताइएपछि ट्रम्पले आफूलाई त्यो मान्य नहुने बताएका हुन् । 

आयोजकहरूले अक्टोबर १५ तारिखमा हुने बहसमा संलग्‍न सबैको ुस्वास्थ्य र सुरक्षाको निम्तिु दुवै प्रतिस्पर्धीलाई फरक(फरक स्थानबाट सहभागी गराइने बताएका थिए । 

त्यसबाट आक्रोशित राष्ट्रपति ट्रम्पले फक्स बिजनेश च्यानललाई दिएको फोन अन्तर्वार्तामा समय खेर फाल्न आफू त्यसमा सहभागी नहुनेु बताएका हुन् । आगामी डिबेट के हुने भन्‍नेबारे अन्योलता देखिएको छ ।

त्यसैगरी हाउस अफ रिप्रेजेन्टेटिभकी स्पिकर न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्थाप्रति गम्भीर प्रश्‍नहरु अनुत्तरित रहेको बताएकी छन् । उनले राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था मूल्यांकनका लागि शुक्रबार संसदमा एक आयोग गठन गर्नेसमेत बताएकी छन् । 

पेलोसीको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत भनेका छन्,म्याडम पेलोसी ुपागलु भइन् ।

बिहीबार व्हाइट हाउसबाट जारी गरिएको स्वास्थ्य अवस्थासम्बन्धी जानकारीमा चिकित्सक डा। कोन्लेले भने, ूराष्ट्रपति ट्रम्पको स्वास्थ्यमा व्यापक सुधार भएको छ । उनलाई अहिले कुनै लक्षण देखिएको छैन ।ू( बीबीसी)


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: