सत्तापक्षको विवादसँग हाम्रो साइनो छैन, जबजको रक्षाका लागि एमाले दर्ता गर्‍यौं


काठमाडौं । 

निर्वाचन आयोगमा १५२औं दलका रूपमा दर्ता भएको एमालेका महासचिव मनीषकुमार उपाध्यायले नेकपाको अन्तरविरोध, विवादसँग कुनै साइनो नभएको बताएका छन् ।

निर्वाचन आयोगमा विधिवत् पार्टी दर्ता भएको प्रमाणपत्र बुझेपछि बाह्रखरीलाई संक्षिप्त प्रतिक्रिया दिँदै जबज ९मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद० को रक्षा र विकासका लागि एमाले दर्ता गरेको बताएका छन् ।

“हामीले देशको प्रचलित कानुनको अधीनमा रहेर पार्टी दर्ता गरेका हौं । हामी एमाले समर्थित थियौं । एमाले समर्थित हुनुको मुख्य कारण पनि जबज नै थियो । अहिले त्यही जबजको रक्षाका लागि पार्टी दर्ता गरिएको हो,” उनले भने ।

पार्टीभित्र विवाद उत्कर्षतिर पुग्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा एमाले दर्ता गर्न निवेदन दिएको बताएका थिए ।

उपाध्याय यसलाई आधारहीन कुरा बताउँछन् । “हामीलाई एमाले मन परेर दर्ता गरेका हौं । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दर्ता भएको छ । कसैले दर्ता गर्न उक्साएर, दबाब दिएर गरेका होइनौं,” उनले भने ।

उनले पार्टीले वैधानिकता पाइसकेकाले संगठन निर्माण र राजनीतिक गतिविधिमा केन्द्रित रहने पनि जानकारी दिए ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: