आलियाको ‘सडक २’ ट्रेलरले राख्यो ‘डिसलाइक’को रेकर्ड


बलिउड नायिका आलिया भट्ट अभिनित चलचित्रले बक्स अफिसमा बम्पर व्यापार गरेका छन् । आलिया बलिउडमा पछिल्लो समयकी सफल नायिका हुन् । तर, नायक सुशान्त सिंह राजपुतको निधनपछि सुरु भएको नेपोटिज्मको बहसले आलियालाई सर्वाधिक घाटा लाग्ने देखाएको छ ।

दर्शकले बहिष्कार गर्न थाले भने कलाकारको स्टारडम कसरी तल झर्छ भन्ने उदाहरण, उनी अभिनित चलचित्र ‘सडक २’को ट्रेलरमा आएको डिसलाइकलाई हेर्दा हुन्छ । महेश भट्टको निर्देशनमा मुकेश भट्टले निर्माण गरेको यो चलचित्रमा संजय दत्त, पूजा भट्ट, आलिया भट्ट, अदित्य रोय कपुर लगायतका कलाकारको अभिनय छ ।


यो चलचित्र अगष्ट २८ मा हटहस्टारबाट रिलिज हुँदैछ । चलचित्रको ट्रेलर सार्वजनिक भएको २ घन्टामा यसलाई ३ लाख ६० हजार भन्दा बढीले डिसलाइक गरेका छन् । यो संख्या बढ्ने क्रममा छन् । चलचित्रको ट्रेलरमा ४० हजार लाइक आउँदा डिसलाइकको संख्या ४ लाख नजिक पुगेको हो ।


यसलाई सुशान्त सिंह राजपुतको निधनपनि भारतीय दर्शकमा महेश भट्ट र उनको परिवारप्रति देखिएको आक्रोशको रुपमा हेर्न सकिन्छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: