म्यूजिक भिडियोको छायांकनमा कोरोना सर्दैन ?


सरकारले कोरोना संक्रमितको संख्या बढेसँगै जीम, फुटसल, चलचित्र भवन, चलचित्र छायांकनको कार्यलाई अझै केही दिनका लागि बन्द गरेको छ । चैत्र लागेसँगै बन्द भएको चलचित्रको छायांकनको काम ५ महिनायता ठप्पै छ । तर, चलचित्रको छायांकन नभएपनि म्यूजिक भिडियोको छायांकन भने धमाधम भैरहेको छ । लुजडाउन भएसँगै सुरु भएको म्यूजिक भिडियोको छायांकन अहिले झनै बढिरहेको छ ।


चलचित्रको छायांकनमा ५० जनाको हारहारीमा यूनिट आवद्ध भए जस्तै अहिले म्यूजिक भिडियोको छायांकनमा पनि २०–२५ जनाको टिम सहजै हुनेगर्दछ । झन्, तीजको गीत र कोरसको प्रयोग भएको छ भने यो संख्या अझै धेरै देखिन्छ ।


म्यूजिक भिडियोको छायांकनमा कुनै सुरक्षाको उपाय पनि अपनाइएको पाइदैन । जसलेगर्दा, एक जना छायांकन यूनिटका सदस्यमा कोरोना संक्रमण पुष्टी भयो भने अरु सदस्यहरुमा पनि सहजै सर्ने जोखिम बढेको छ ।


लुजडाउन भएसँगै सुरुवाती दिनमा थोरै टिम लिएर सुरु भएको छायांकनको काम अहिले पुरानै गतीमा फर्किएको छ । यस्तो अवस्थामा सरकारले यतातर्फ पनि ध्यान दिन आवश्यक देखिएको छ ।


कोरोना संक्रमणका कारण चलचित्रको छायांकनमा रोक लगाएको सरकारले म्यूजिक भिडियो छायांकनका लागि कुनै मापदण्ड पनि बनाएको छैन । जसलेगर्दा, कलाकार तथा प्राविधिकहरु जोखिममा काम गरिरहेका छन् ।


म्यूजिक भिडियो छायांकन हुँदा कलाकार, प्राविधिकले काम पाएका छन् । तर, सुरक्षित उपाय नअपनाई काम गर्दा कोरोनाको जोखिम बढ्ने खतरा पनि देखिएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: