खुल्यो फुड बैंकः ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर’

काठमाडौं । कोरोनाको कारण धेरै मानिसले रोजगारी गुमाए । दिनभर काम गरेर हात मुख जोड्न पनि मुस्किलले पुग्‍ने श्रमिक त कोरोनाको कारण झनै मारमा परेका छन् ।

महिनौंदेखिको लकडाउका कारण श्रमिकहरूले काम पाएका छैनन् । सरकारले पनि ती श्रमिकलाई राहत पुग्‍ने गरी योजना ल्याउन सकेको छैन । नत आर्थिक क्षमता राम्रो भएकाहरूले बिहान खाए बेलुका के खाउँ रु भन्‍ने अवस्थाका मानिसलाई मन खोलेर सहयोग गरेका छन् ।

यसरी कोरोनाको कारण बिहान–बेलुकाको दुई छाक टार्न समस्यामा परेका मानिसलाई सहयोग पुगोस् भनेर मोरङको केराबारी गाउँपालिकाका युवाहरूले भने ‘फुड बैंक’ सुरुवात गरेका छन् । उक्त बैंकमा मानिसलाई दैनिक आवश्‍यक पर्ने दाल, चामल, नुन, तेललगायत अति आवश्‍यक खाद्यान्‍नहरू स्थानीय स्तरमै संकलन गरेर राखिएको छ ।

यो फुड बैंक नेपाल तरुण दल केराबारीका सदस्यहरूले सुरुवात गरेका हुन् । कोरोना कहर सुरु भएपछि कोरोनाबाट बचौं भनेर ‘मास्क बैंक’ सुरु गरेर युवाहरूले मानिसहरू भोकै बस्‍नु नपरोस् भनेर ‘फुड बैंक’ सुरु गरेको बताउँछन् ।

फुड बैंक सञ्‍चालनमा सक्रिय भएर लागेका नेपाल तरुण दल केराबारीका युवा नेता पप्पु साह भन्‍छन्, ‘“झन्डै दुई साता मास्क बैंक सञ्‍चालन गरेपछि त्यसलाई बृहत् रुप दिन फुड बैंक सुरु गरिएको हो ।’’ केराबारी गाउँपालिका १० मा सुरु भएको फुड बैंकबाट अन्य वडामा ज्याला मजदुरी गर्ने मानिसहरूसमेत लाभान्वित भएका छन् ।

उक्त बैंक बिहान ९ देखि १० बजेसम्म दिनहुँ सञ्‍चालन हुने गरेको साहले बताए । लामो समयदेखि कोरोनाका कारण मानिसहरूलाई समस्यामा परेकाले दैनिक उपभोग्य वस्तु लिन दैनिक सयौंको संख्यामा मानिस आउने गरेको साहले बताए । 

एक घण्टा मात्र सञ्‍चालन हुने भएकाले यहाँ आउने मानिसहरूको भिड हुने गरेको छ । मानिसको भिड कम गर्न अन्य वडामा समेत फुड बैंक सुरु गर्न लागेको साह बताउँछन् । उनले भने, ‘‘हामी सम्भव भएसम्म प्रत्येक वडामा फुड बैंक सुरु गर्न लागेका छौं र अझै धेरै समय कसरी फुड बैंक सञ्‍चालन गर्न सकिएला भनेर साथीहरूसँग छलफल हुँदै छ ।’’

मास्क बैंकबाट सुरु भएको अभियानका लागि सहयोग गर्ने क्रम बढ्दो छ । अहिलेसम्म स्थानीयहरूकै सहयोगमा सञ्‍चालनमा रहेको उक्त बैंकलाई बाहिर बस्‍ने मानिसहरूले समेत सहयोगको हात अगाडि बढाउन चाहेको साह बताउँछन् । तर अब कसरी सहयोग लिने भनेर आफूहरू छलफल गर्दै गरेको साहले बताए ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: